चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, सेवा नियमित राख्न स्वास्थ्यकर्मीलाई मन्त्रालयको आग्रह
nepalnews.com · Mon Jul 27 10:05:33 GMT 2026

काठमाडौँ। नारायणी अस्पताल वीरगन्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड तथा चिकित्सकमाथिको आक्रमणप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दुःख व्यक्त गरेको छ। यस्ता घटनाप्रति ‘शून्य सहनशीलता’को नीति रहेको पनि मन्त्रालयले दोहोर्याएको छ।
मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा सोमबार जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएका बिरामीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। साथै उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)