चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह
nepalsamaya.com · Mon Jul 27 10:13:21 GMT 2026

काठमाडौं। नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड तथा चिकित्सकमाथिको आक्रमणप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर दुःख व्यक्त गर्दै यस्ता घटनाप्रति'शून्य सहनशीलता'को नीति पुनः दोहोर्याएको छ।
सोमबार मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएका बिरामीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। साथै उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)