नेप्से फेरि २७ सय अंकमा झर्यो, कारोबार रकम पनि घट्यो
nagariknews.nagariknetwork.com · Mon Jul 27 10:18:50 GMT 2026

कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा ३३.२८ अंकको गिरावट आएको छ। नेप्से ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स १.९८ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ।
नेप्सेसँगै कारोबार रकम पनि गत शुक्रबारको तुलनामा १८ करोड रुपैयाँले कमी आएको छ। सोमबार ३६० स्टकको ६९ हजार ८०३ पटकको कारोबारमा ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँबराबरको १ करोड ३९ लाख २५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत शुक्रबार ६ अर्ब २६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)