अफिमसहित नेपाल र बिहारका २ महिला पक्राउ
rajdhanidaily.com · Mon Jul 27 10:36:29 GMT 2026

बारा । बारा जिल्ला सँग सिमाना जोडिएको भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारणको घोडासहन क्षेत्रमा प्रहरीले अन्तर्राष्ट्रिय लागूऔषध तस्करी सञ्जालविरुद्ध ठूलो सफलता हासिल गरेको छ। नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको करिब ६किलो ५९० ग्राम अफिम शनिवार साँझ बरामद गर्दै प्रहरीले नेपाल र बिहारका दुई महिलालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार नेपालबाट मुजफ्फरपुरतर्फ जाँदै गरेको यात्रुबाहक बसमा घोडासहन बस स्ट्यान्डमा गरिएको सघन जाँचका क्रममा ९ वटा छुट्टाछुट्टै प्याकेटमा लुकाइराखिएको उक्त अफिम बरामद गरिएको हो। बरामद अफिमको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ५० लाख भारतीय रुपैयाँ रहेको जनाइएको छ। पक्राउ पर्नेमा बिहारको सुगौली निवासी सीमा देवी र नेपालको बारा जिल्ला कलैया बैराठपुर निवासी बदामी देवी रहेको भारतीय प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)