डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
swasthyakhabar.com · Mon Jul 27 10:42:39 GMT 2026

काठमाडौं- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दले चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीलाई खुला पत्र लेख्दै आफूले राजीनामा नदिने स्पष्ट पारेका छन्।
डा. चन्दले आफ्नो नियुक्ति खुला प्रतिस्पर्धाबाट भएको उल्लेख गर्दै कुनै तथ्य, प्रमाण वा कानुनी आधारबिना राजीनामा माग्नु न्यायसंगत नहुने बताए। उनले शिक्षा मन्त्रालयको सार्वजनिक विज्ञापनअनुसार भएको प्रतिस्पर्धामा १९ जना उम्मेदवारमध्ये आफू पहिलो स्थानमा छनोट भएर रजिस्ट्रार नियुक्त भएको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)