देवानगन्ज घटनामा कांग्रेसको माग : शान्तिसुरक्षा कायम गर्न सरकार असफल, गृहमन्त्रीले जवाफ दिनुपर्छ
nagariknews.nagariknetwork.com · Mon Jul 27 11:22:51 GMT 2026

नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज नगरपालिका–३, कप्तानगन्जमा भएको हिंसात्मक घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै शान्ति–सुरक्षा कायम गर्न सरकार असफल भएको आरोप लगाएको छ। कांग्रेसले घटनाबारे गृहमन्त्रीले सार्वजनिक रूपमा जवाफ दिनुपर्ने माग पनि गरेको छ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घटनामा दुई जनाको ज्यान गएको र दर्जनौं व्यक्ति घाइते भएकोप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)