नेपाल एसबिआई बैंक इन्डियन च्याम्बर अफ कमर्सद्वारा सम्मानित
baahrakhari.com · Mon Jul 27 11:44:48 GMT 2026

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड, इन्डियन च्याम्बर अफ कमर्सद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गरिने चार प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएकोे छ ।
बैंकले ‘बेष्ट बैंक इन एमएसएमई एक्सलभरेसन’, बेष्ट पर्फमेन्स अन एसेट क्वालिटी’, बेष्ट पर्फमेन्स अनल प्रोफिटबिलिटी’ र बेष्ट कर्मशियल बैंक’ विधामा उक्त सम्मान प्राप्त गरेको हो । भारतको नयाँ दिल्लीमा इन्डियन च्याम्बर अफ कमर्सद्वारा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६ कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द तथा वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले उक्त पुरस्कार ग्रहण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)