नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा
ratopati.com · Mon Jul 27 11:50:32 GMT 2026

काठमाडौँ । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन चिकित्सक र अस्पताल प्रशासनलाई निर्देशन दिएकी छन् ।
मन्त्रालयका अनुसार डा.रामलाई विशेषज्ञ उपचार उपलब्ध गराउन आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाइएको छ। मन्त्री मेहताले उपचारमा संलग्न चिकित्सकसँग छलफल गर्दै आवश्यक सबै सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)