राष्ट्रिय भेलाको तयारीमा जुट्यो कांग्रेस संस्थापनइतर पक्ष
baahrakhari.com · Mon Jul 27 11:57:49 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्ष साउन २९ गतेका लागि तोकिएको राष्ट्रिय भेलाको तयारीमा जुटेको छ । काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा केही दिनयता निरन्तर जारी बैठकले प्रदेश, जिल्लामा प्रतिनिधि खटाउने तयारी गरेको छ ।
नेता डा. प्रकाशशरण महतले बाह्रखरी सित भने, “साउन ६ गते बीपी स्मृति दिवसपश्चात हामी निरन्तर छलफलमा छौँ । भोलि पनि बैठक निरन्तर जानेछ । भोलिको बैठकपछि हामी कसलाई कहाँ खटाउने भन्ने निर्णय गर्नेछौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)