प्रस्तावित निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको संसदीय सुनुवाइ भोलि
ratopati.com · Mon Jul 27 12:01:31 GMT 2026

काठमाडौँ । निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि सिफारिस भएका प्रस्तावित ओखलढुङ्गा निवासी गुरूप्रसाद वाग्ले र काठमाडौँ निवासी डा.राजीव सुब्बाको संसदीय सुनुवाइ भोलि हुने भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित वाग्ले र सुब्बाको सुनुवाइ गर्न मंगलबार बिहान ११ः१५ बजे सिंहदरबारस्थित अर्थ समितिको सभाकक्षमा बैठक बोलाएको छ ।
समितिले वाग्ले र सुब्बालाई बैठकमा आमन्त्रण गरी उनीहरूको योग्यता, कार्ययोजना र अवधारणाबारे छलफल गर्नेछ । सुनुवाइ प्रक्रिया सकिएपछि समितिले उनीहरूको नाम अनुमोदन गर्ने वा नगर्ने सम्बन्धमा निर्णय लिनेछ । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले उनीहरूलाई निर्वाचन आयुक्तको पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)