नेशनल लाईफको प्रशिक्षण एवं साँस्कृतिक कार्यक्रम सम्पन्न
arthasansar.com

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूका लागि प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८३/८४ को वैशाख महिनामा सञ्चालन गरेको मासिक व्यावसायिक योजना अन्तर्गत निर्धारित लक्ष्य हासिल गर्न सफल अभिकर्ताहरूलाई सम्मान तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ललितपुरस्थित होटल रोयल टुलिपमा कार्यक्रम आयोजना गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूले पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गरेको सो कार्यक्रममा विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु लगायत कम्पनीका बरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक र अभिकर्ताहरु गरी करिब ३०० जनाको उपस्थिती रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)