सुनसरी घटनामा संयमता अपनाउन आङ्देम्बेको आग्रह
baahrakhari.com · Mon Jul 27 12:29:03 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरी घटनाप्रति उच्च संयमता अपनाउन आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले सुनसरीको देवानगञ्ज नगरपालिका–३, कप्तानगञ्जमा भएको दुःखद घटनाले गम्भीर बनाएको जनाएका छन् ।
कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एकजनाको निधन भएको थियो । घटनामा परेर नौजना सर्वसाधारण, १० नेपाल प्रहरी र पाँच सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)