विदुरको ढुंगे क्षेत्रमा भीड बढेपछि उद्धार टोलीलाई काम गर्न कठिन
annapurnapost.com · Sun Aug 30 07:51:58 GMT 2026

रसुवा : रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड बढेपछि उद्धार टोलीलाई काम गर्न कठिन भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएको नुवाकोटको विदुर नगरपालिकास्थित ढुंगे बजार क्षेत्रसम्म सडक पहुँच भएकाले पीडित सार्वसाधारणका साथै क्षतिग्रस्त बजार हेर्न जाने र राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमको अत्यधिक भीड देखिएको छ।
भीड बढेपछि सडक तथा बस्तीमा थुप्रिएको बाढीको लेदो र गेग्रान पन्छाउने कार्यमा खटिएकाहरुलाई बाधा पुगेपछि सुरक्षा निकायले माइकिङ गर्दै अनावश्यक भीडभाड नगरिदिन र आफ्नो गन्तव्यतर्फ मात्रै अघि बढ्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)