सुनसरी गाेलीकाण्डबारे गगन थापाले के भने ?
nepalviews.com · Mon Jul 27 12:52:35 GMT 2026

काठमाडौं । सुनसरीकाे देवानगञ्जमा प्रहरीकाे गोली लागेर एक जनाको मृत्यु हुने गरी भएको झडपबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको धारणा आएको छ । पार्टी सभापति गगन थापाले सोमबार विज्ञप्ति जारी गर्दै गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै सरकारसँग प्रश्न गरेका छन् ।
थापाले भनेका छन्, 'सरकारसँग प्रश्न छ- नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? सामाजिक सद्भावमा असर पार्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार भएर प्रस्तुत हुनुपर्थ्यो । परिस्थितिलाई समयमै आंकलन गरी घटना हुन नदिन पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउनुपर्नेमा नागरिकको ज्यानै जाने गरी गोली चल्ने अवस्था सिर्जना हुनु अत्यन्त दु:खद छ । अत: यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गरी सत्यतथ्य सार्वजनिक गरियोस्। घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन कुनै ढिलाइ नगरियोस् ।'
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)