१० हजार रुपैयाँ घुस लिएको आरोपमा वडा सचिव पक्राउ
onlinekhabar.com · Mon Jul 27 12:54:39 GMT 2026

११ साउन, काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिका-१ का वडा सचिव अजयकुमार साह घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा साहलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)