महान्यायाधिवक्ता कार्यालयले ल्यायो तीन अर्ब ४० करोडको रणनीतिक योजना
baahrakhari.com · Mon Jul 27 13:01:35 GMT 2026

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले तीन अर्ब ४० करोडभन्दा बढी अनुमानित बजेटसहित चौथो पञ्चवर्षीय रणनीतिक योजना (आ.व. २०८३/०८४–२०८७/०८८) कार्यान्वयनमा ल्याएको छ ।
महान्यायाधिवक्ता डा. नारायण कडेलले सोमबार (साउन ११) एक कार्यक्रमबीच योजना सार्वजनिक गरे । कडेलले यसपल्टको योजना फौजदारी न्यायको सुदृढीकरण लक्षित रहेको जानकारी दिए । तेस्रो योजनाबाट समग्रमा ७१.०८ प्रतिशत प्रगति हासिल भएको दाबी महान्यायाधिवक्ता कार्यालयको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)