गृहमन्त्री निकट संस्थालाई मात्रै राहत वितरण गर्न दिएको भन्दै आङ्देम्बेले उठाए प्रश्न
ratopati.com · Sun Aug 30 08:01:43 GMT 2026

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि सङ्कलित राहत सामग्री वितरणमा गृहमन्त्री सुधन गुरुङनिकट संस्थालाई मात्र प्राथमिकता दिएको भन्दै आपत्ति जनाएका छन् । पार्टीले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको बाढी पहिरो विपद् व्यवस्थापन सम्बन्धी बैठकमा आङदेम्बेले त्यस्तो बताएका हुन् ।
गृहमन्त्री गुरुङको संस्था ‘हामी नेपाल’ हो । यो संस्थालाई मात्रै राहत वितरणको अवसर दिएको भन्दै नेता आङ्देम्बेले शनिबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ताको क्रममा त्यसो गर्नु ठिक नभएको भनेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)