आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
ratopati.com · Mon Jul 27 13:37:19 GMT 2026

विराटनगर । सरकारले २०८३ साल असार मसान्तसम्म खपत भएको विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ। आन्तरिक राजस्व विभागले एक सार्वजनिक सूचना जारी गर्दै असार ३२ गतेसम्मको विद्युत् खपतको बिल साउन १ गते वा त्यसपछि काटिए पनि त्यसमा भ्याट आकर्षित नहुने जानकारी दिएको हो।
आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा संशोधन गरी विद्युत् सेवामा भ्याट लगाउने व्यवस्था गरेको थियो। उक्त ऐन अनुसार अन्तिम उपभोक्ताका लागि ५ प्रतिशत र अन्य व्यक्तिको हकमा १३ प्रतिशत भ्याट असुल गर्ने व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)