सालकको अखेटोपहार ओसारपसारको आरोपमा तीनजना पक्राउ
baahrakhari.com · Mon Jul 27 14:42:00 GMT 2026

चितवन । चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार ओसारपसार गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणको संयुक्त टोलीले सञ्चालन गरेको ‘कोभर्ट अप्रेसन’ का क्रममा तीनजनालाई पक्राउ गरिएको हो ।
निकुञ्जले सोमबार जारी गरेको विज्ञप्तिमा सुरक्षा निकाय र कर्मचारीले अप्रेसनका क्रममा साउन ४ गते भरतपुर महानगरपालिका–२६ बाट गोरखाको पालुङ्टार–४ स्थायी घर भई भरतपुर ११ बस्ने ४४ वर्षीय रमेश सुनारलाई पक्राउ गरेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)