अव्यवस्थित तार हटाउने काम सुस्त, समयमै नसक्ने निकायमाथि कारबाही गरिने
aarthiknews.com

काठमाडौं । काठमाडौं उपत्यकामा सडकका पोलमा गुजुल्टिएर रहेका अव्यवस्थित तथा प्रयोगविहीन तार हटाउने कामको प्रगतिबारे दुई मन्त्रीले संयुक्त अनुगमन गरेका छन्। समयसीमाभित्र काम सम्पन्न नगर्ने निकाय तथा जिम्मेवार पक्षमाथि कारबाही गरिने सरकारले जनाएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सोमबार गौशाला, पुरानो बानेश्वर, जडीबुटीलगायत क्षेत्रमा पुगेर तार व्यवस्थापनको अवस्थाबारे जानकारी लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)