त्रिशूलीको बाढीले गोरखा जोड्ने तीन पुलमा क्षति
gorkhapatraonline.com · Sun Aug 30 08:08:57 GMT 2026

त्रिशूली नदीमा आएको भीषण बाढीले गोरखा र धादिङ जोड्ने तीन वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षति पुगेको छ । बुधबार बिहान रसुवाको भोटेकोशी हुँदै आएको बाढी त्रिशूलीमा मिसिएपछि नदीमा पानीको सतह र बहाब बढ्दा पुलमा ठुलो क्षति पुगेको हो ।
बाढीले गण्डकी गाउँपालिका–८ धवादीघाट र धादिङको चरौंदी जोड्ने झोलुङ्गे पुल बगाएको छ । पुल बगेपछि स्थानियबासीलाई नदी वारपार गर्न समस्या भएको छ । दैनिक आवतजावत, व्यापार तथा गाउँबाट बजारसम्मको पहँचसमेत गुमेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)