डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्दै, अनलाइन बिक्री पनि सुरु गर्ने
ictsamachar.com

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी) ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच विस्तार गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा ३० वटा नयाँ बिक्री केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ । संस्थानले साउन महिनाभित्र नयाँ आउटलेट सञ्चालनमा ल्याउने लक्ष्यसहित योजना अघि बढाएको हो ।
डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार बुढानीलकण्ठ, वनस्थली, कलङ्की, कोटेश्वर र नयाँ बानेश्वरलगायतका क्षेत्रमा आधुनिक मोडेलका बिक्री केन्द्र स्थापना गरिनेछन् । नयाँ आउटलेटमार्फत उपभोक्तालाई दूध तथा अन्य दुग्धजन्य उत्पादन सहज रूपमा उपलब्ध गराइने विश्वास संस्थानको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)