डा. केसीको स्वास्थ्यमा थप समस्या
baahrakhari.com · Mon Jul 27 15:32:23 GMT 2026

धनगढी । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गरिएको छ ।
डा. केसीलाई अहिले बोल्न पनि समस्या भइरहेको चिकित्सकहरूले बताएका छन् । उनको पिसाबमा किटोन बडी देखिएको छ भने रगतमा एसिडोसिसको संकेत गरिएको छ । यसका साथै, चक्कर लाग्ने, मांसपेसी बाउँडिने तथा कमजोरीका कारण स्पष्ट रूपमा बोल्न समेत कठिनाइ भएको डा. केसीका सहयोगी अमृत जैसीले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)