डा. भगवान कोइराला र गार्गी कन्या गुरुकुल पुरस्कृत
baahrakhari.com · Mon Jul 27 16:02:06 GMT 2026

काठमाडौं । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठी, ललितपुरले बद्रीविक्रम थापाको १०४औँ जन्मस्मृति सभाको आयोजना गर्दै दुई पुरस्कार समर्पण गरेको छ ।
सोमबार सभागृह काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अनन्तश्रीविभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले ‘सेवा पुरस्कार नेपाल २०८३’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालालाई र ‘बद्रीविक्रम राष्ट्रगौरव पुरस्कार २०८३’ गार्गी कन्या गुरुकुल, देवघाटधामलाई प्रदान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)