धानबालीमा खपटे किराको संक्रमण
annapurnapost.com · Mon Jul 27 16:14:32 GMT 2026

स्याङ्जा : पुतलीबजार नगरपालिकाका केही वडामा रोपिएका धानबालीमा खपटे किराको संक्रमण देखिएको छ। नगरपालिकाको नियमित अनुगमनका क्रममा केही वडाका धान खेतमा काँडेदार खपटे किराको संक्रमण देखिएको नगरपालिकाले जनाएको छ। धानको पातहरू सुकेको जस्ता देखिनु खपटे किराको संक्रमण भएकोले किसानलाई सचेत रहन पालिकाको सुझाव छ।
कृषि अधिकृत सुषमा पनेरुका अनुसार भर्खरै रोपिएका धानबालीमा किराको प्रकोप देखिएपछि यहाँका किसानले नगरपालिकाको कृषि शाखालाई खबर गरेका थिए। नगरपालिकाको कृषि प्राविधिक सहितको टोलीले वडा नं. १४ को लामागेमा स्थलगत अनुगमन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)