सुदन गुरुङको स्पष्टोक्ति : ‘पूर्वमन्त्री भनेर कहिल्यै रबाफ देखाएको छैन’
kalakarmi.com · Sun Jun 07 09:07:37 GMT 2026

गोरखा- पूर्वगृहमन्त्री सुदन गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले नै मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। उनले सार्वजनिक जिम्मेवारीमा बसेपछि उठ्ने प्रश्नहरूको जवाफ दिन तयार रहनुपर्ने भन्दै छानबिन प्रक्रियामा आफूले पूर्ण सहयोग गरेको बताए ।
रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले छानबिन समितिसमक्ष बयान दिने क्रममा सम्पत्तिको स्रोतबारे कडा प्रश्नहरू सामना गर्नुपरेको उल्लेख गरे । उनका अनुसार आफूले सबै प्रश्नको स्पष्ट र तथ्यगत जवाफ दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)