रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
ratopati.com · Mon Jul 27 17:08:50 GMT 2026
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क मार्सचालकरविर्डमा सोमबार भएको रोमान्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ। नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो। लगातार तीन खेलमा हार व्यहोरेपछि लिग २ मा महत्त्वपूर्ण अङ्क जोड्ने नेपालको लक्ष्यमा धक्का लागेको छ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रनको योगफल तयार पारेको थियो। नामिबियाका लागि ओपनर जन फ्राइलिनले उत्कृष्ट ब्याटिङ गर्दै १४९ बलमा १०० रनको शतकीय पारी खेले। त्यस्तै लोरेन स्टेन्क्याम्पले ८७ बलमा ५९ रन र मलान क्रुगरले २२ बलमा १५ रन बनाए। नेपालका लागि तीव्र गतिका बलर करण केसीले घातक बलिङ गर्दै १० ओभरमा मात्र २९ रन खर्चेर महत्वपूर्ण ५ विकेट लिए पनि टोलीलाई जिताउन पर्याप्त भएन। त्यस्तै सोमपाल कामीले ७ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)