नामिबियासँग नेपाल ३ रनले पराजित
lokaantar.com
आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको रोमान्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ । नेदरल्याण्ड्सको उट्रेचमा सोमबार सम्पन्न खेलमा २१२ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४५ रन बनाए भने कप्तान रोहित पौडेलले ४१ रनको योगदान दिए । खेलको अन्त्यतिर आरिफ शेखले ३८ रनमा अविजित रहँदै र गुल्सन झाले १० बलमा विष्फोटक १९ रन जोड्दै जितको आशा जगाए पनि टोलीलाई लक्ष्यसम्म पुर्याउन सकेनन् । कुशल भुर्तेलले ३४ र इशान पाण्डेले १४ रन जोडे । नामिबियाका बलर ज्याक ब्रासेलले ३ र रुबेन ट्रम्पलम्यानले २ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)