भोली देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
ratopati.com · Mon Jul 27 17:56:16 GMT 2026

काठमाडौं । स्वास्थ्यकर्मीहरूमाथि हुने दुव्र्यवहार र कुटपिटका घटनाहरूको विरोध गर्दै नेपाल चिकित्सक संघले भोलि देशभरीका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा ओपिडी सेवा बन्द गर्ने घोषणा गरेको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने अधिकारको माग गर्दै संघले हिंसाविरुद्ध ‘शून्य सहनशीलता’ को नीति अपनाउन आग्रह गरेको छ। “सम्मानले निको पार्छ, हिंसाले चोट पुर्याउँछ“ भन्ने सन्देश दिँदै स्वास्थ्य क्षेत्रलाई भयरहित र सुरक्षित बनाउनका लागि दबाब दिन यो विरोध कार्यक्रम आह्वान गरिएको संघका कार्यकारी सदस्य डा।राकेश शाहले रातोपाटीलाई जानकारी दिए । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित बनेका हुन् । यसैििवच स्वास्थ्यकर्मीहरुलाई निलम्बन गरिएको घटना सन्दर्भमा भोली दुई बजे संघको कार्यालयमा बैठक डाकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)