चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
ratopati.com · Mon Jul 27 18:44:06 GMT 2026

काठमाडौँ। सामाजिक सञ्जाल र युट्युब अन्तर्वार्तामार्फत आफ्नो चरित्रहत्या गर्ने प्रयास गरिएको भन्दै कथावाचिका राधिका दासीले गम्भीर आपत्ति जनाएकी छन् । आफूविरुद्ध लागेका अनर्गल आरोपहरूको खण्डन गर्दै उनले एक प्रेस वक्तव्य जारी गरी निष्पक्ष कानुनी अनुसन्धान र न्यायको माग गरेकी हुन् । सामाजिक सञ्जालमा अभियन्ता दाबी गर्ने विराटनगरकी २२ वर्षीया वेदिका केसीले एक युट्युब अन्तर्वार्तामार्फत राधिका दासीको व्यक्तिगत चरित्रमाथि गम्भीर लाञ्छना लगाएपछि यो विवाद बाहिर आएको हो ।
दासीले आफ्नो वक्तव्यमा वर्षौंदेखि सनातन हिन्दु धर्मको सेवा, आध्यात्मिक साधना र समाजमा नैतिक मूल्य फैलाउने कार्यमा समर्पित आफ्नो सामाजिक प्रतिष्ठा, व्यक्तिगत जीवन र धार्मिक पहिचानमाथि प्रहार भएकोमा गहिरो दुःख व्यक्त गरेकी छन् । उनले महिलाको आत्मसम्मान र चरित्रमाथि आक्षेप लगाउनु सभ्य समाजको पहिचान नभएको उल्लेख गर्दै अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको प्रतिष्ठा नष्ट गर्ने अधिकार कसैसँग नहुने स्पष्ट पारेकी छन् । बदला वा प्रतिशोधका लागि नभई आफ्नो मानमर्दन रोक्न र सत्य स्थापित गर्न आफूले कानुनी बाटो रोजेर प्रहरीमा जाहेरी दिएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)