बाढीपीडितका लागि सर्लाहीमा राहत सङ्कलन गरिने
gorkhapatraonline.com · Sun Aug 30 08:42:47 GMT 2026

भोटेकोशी नदीमा आएको बाढीबाट पीडित भएकाका लागि सर्लाहीमा स्थानीय तहमा पालिकाको कार्यालयमार्फत राहत सङ्कलन गरिने भएको छ ।
आइतबार बिहान सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति सर्लाहीको बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीपछि रसुवा, नुवाकोटलगायत जिल्लामा पीडित भएकाका लागि राहत सङ्कलन गर्ने निर्णय गरेको हो । पीडितका लागि राहतस्वरुप नगद तथा वस्तुगत (चामल, दाल, पिठो, कपडा, त्रिपाल, टर्चलाइट, साबुन, ब्रस, टावेल, बाल्टी, जग, शुद्ध खानेपानी लगायतका सामग्री सङ्कलन गर्ने निर्णय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)