दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी
ratopati.com · Sun Aug 30 08:45:25 GMT 2026

काठमाडौँ । रसुवा बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पुखोला पुलमा क्षति पुगेको छ । सडक विभागका महानिर्देशक डा.विजय जैसीका अनुसार बाढीको फ्लोका कारण पुलको बियरिङमा अत्यधिक दबाब परेपछि पुल बाङ्गिएको हो । करिब ६ सय टन वजन क्षमता रहेको पुल उचालिएर बाङ्गिएको महानिर्देशक जैसीले जानकारी दिए ।
जैसीकाअनुसार कोल्पुखोला पुल करिब ४० मिटर लामो प्रि–स्ट्रेस्ड ब्रिज हो । बाढीको बहावले पुलको माथिल्लो भागमा रहेको बियरिङमा अत्यधिक बल लगाएपछि पुलको एकातर्फ धेरै र अर्कोतर्फ कम उचाइमा उठेको उनले जानकारी दिए । पुल आफ्नो बियरिङमा बस्नुपर्ने भए पनि हाल स्टपरमा आएर बसेको उनको भनाइ छ । यसका कारण पुलले डिजाइन अनुसारको भार वहन गर्न सक्ने अवस्था नरहेको उनले बताए । उनका अनुसार पुललाई तत्काल चारैतिर ज्याक राखेर उचाली पुनः बियरिङमा सही स्थानमा राख्ने तयारी भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)