भाटभटेनीका पूर्ण क्षतिग्रस्त १२ मध्ये ८ वटा स्टोर सञ्चालन
ratopati.com · Sun Aug 30 08:47:49 GMT 2026

विराटनगर । अघिल्लो वर्षको भदौ २४ गते देशव्यापी रूपमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा पूर्ण रूपमा जलेर नष्ट भएको झापाको बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर आइतबार (आज) देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ ।
करिब एक वर्षअघि जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र भीषण आगजनी गरी खरानी बनाइदिएको भवन पुनः निर्माण सम्पन्न गरी आइतबार बिहानदेखि सर्वसाधारण ग्राहकका लागि नियमित सेवा खुला गरिएको हो । आइतबार बिहान ९ः१५ बजेको शुभसाइतमा वैदिक विधिपूर्वक पूजाअर्चना गरी पानसमा दीप प्रज्वलन गरेर बिर्तामोड शाखाको पुनः शुभारम्भ गरिएको व्यवस्थापक विनोद भट्टराईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)