सर्वोच्चले रोकेन कांग्रेसको १५औँ महाधिवेशन, देउवा-खड्काको अन्तरिम आदेश माग अस्वीकार
kalakarmi.com · Thu Aug 27 12:50:14 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्चको यो निर्णयसँगै कांग्रेसको महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन तत्काल कानुनी अवरोध नहुने भएको छ ।
बिहीबार न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेल सम्मिलित पूर्ण इजलासले देउवा र खड्काले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै निवेदकले माग गरेअनुसार अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)