आफन्त गुमाएका परिवारका सदस्यलाई मनोसामाजिक परामर्श आवश्यक छ : मन्त्री वादी
ratopati.com · Sun Aug 30 08:54:26 GMT 2026

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले विपद्को समयमा नेपाल रेडक्रस सोसाइटीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरेकी छन् । विपद्का समयमा तत्कालै कार्यक्षेत्रमा खटिएर उद्धार तथा राहतमा पुर्याएको योगदानका लागि उनले रेडक्रसलाई धन्यवाद ज्ञापन गरिन् ।
विपद् व्यवस्थापनका सन्दर्भमा मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री वादीले मन्त्रालयले विभिन्न संघ संस्थासँग समन्वय गरी काम गरिरहेको र त्यसमा रेडक्रसको सहयोग प्रभावकारी रहेको बताइन् । मन्त्री वादीले हालको परिस्थितिमा परिवारका सदस्य गुमाएका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श (काउन्सिलिङ) को आवश्यकता रहेको उल्लेख गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)