इरानबाट भागेर अमेरिका पुगेकी महिला अफ्रिका डिपोर्ट
ratopati.com · Sun Aug 30 08:52:04 GMT 2026

वाशिङटन डीसी । इरानबाट भागेर अमेरिका पुगेकी एक महिलालाई राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अफ्रिका पुर्याइदिएको छ । अमेरिका पुगेपछि युवा इरानी अभियन्ता निका (नाम परिवर्तित)ले आफू सुरक्षित रहेको अनि नयाँ जीवन शुरु गर्न पाउने आशा गरेकी थिइन् । आफू विश्वको सबैभन्दा राम्रो देशहरूमध्ये एउटामा आइपुगेकोमा उनी निकै निकै खुसी इिन् । तर उनको यो खुसी धेरै दिनसम्म टिक्न सकेन ।
ट्रम्प प्रशासनले उनलाई यस अघि कहिल्यै नगएको देशमा निर्वासित गरिदियो । यसरी निर्वासित हुने निका एक मात्रै होइनन् । प्रशासनले यस्ता कयौं आप्रवासीलाई उनीहरू जिन्दगीमा कहिल्यै नगएको देशमा डिपोर्ट गरेको छ । सुरक्षित आश्रयको खोजीमा अमेरिका छिरेका मिकाजस्ता ती सयौं अहिले असुरक्षित महसुस गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)