किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Sun Aug 30 08:54:48 GMT 2026

युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आक्रमण हुँदा ३७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। गोदाममा गोलाबारुद तथा बारुदी सुरुङ भण्डारण गरिएको र आक्रमणपछि भएको विस्फोट तथा आगलागीले आसपासका दर्जनौँ घरमा क्षति पुगेको उनीहरूको भनाइ छ।
बुचा जिल्लाको माइला गाउँमा शुक्रबार राति भएको आक्रमण यस वर्ष युक्रेनमा भएको सबैभन्दा घातक रुसी आक्रमण बनेको छ। स्थानीय क्षेत्रीय सैन्य प्रशासनका प्रमुख टिमुर टकाचेन्कोका अनुसार आगलागीका कारण कम्तीमा ५० आवासीय भवनमा क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)