पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले
barnanmedia.com · Mon Jul 27 23:50:03 GMT 2026

काठमाडौँ, १२ साउनः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिनुभयो । नयाँ अध्यक्ष नियुक्तिपछि बोर्डले दीर्घकालीन सोचका साथ अघि बढ्न खोजेको र त्यसको सकारात्मक प्रभाव बजारमा देखिन थालेको उहाँको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)