माथिल्लो त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक-थ्रु’ छिट्टै
gorkhapatraonline.com · Sun Aug 30 09:00:01 GMT 2026

बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्याइएको छ । नेपाली सेनाका अनुसार ती उपकरणलाई त्यहाँ खण्ड-खण्ड (डिसमेन्टल) पारेर हेलिकप्टरमार्फत आयोजना स्थलतर्फ लगिएको हो ।
बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको सेनाको भनाइ छ । सेनाले गएराति भीषण बाढी आएको भए पनि उद्धार प्रयास निरन्तर जारी रहेको उल्लेख गर्दै अबको केही समयमै सुरुङको प्रवेशद्वार (टनेल इन्ट्री) खोल्ने (ब्रेक थ्रु) काम सम्पन्न हुनेछ । त्यसपछि मात्रै फसेका मानिसको खोजी तथा उद्धार कार्य सुरु हुनेछ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)