असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
nepalviews.com · Tue Jul 28 00:34:17 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचनाअनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सूचनामार्फत ग्राहकले भुक्तानी गरिसकेको रकमलाई आगामी महिनाको बिलमा समायोजन गर्नेगरी आवश्यक प्रबन्ध गरिएको उल्लेख गरेको छ । प्राधिकरणले विद्युत् खपतका आधारमा मासिक रुपमा बिलिङ हुने गरेको र गत असार महिनामा खपत भएको विद्युत्को बिलिङ साउनमा जारी गर्दा कर आकर्षित हुने वा नहुने भन्नेमा द्विविधा उत्पन्न भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)