देशभरका अस्पतालमा आज आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
lokaantar.com

नेपाल चिकित्सक संघले आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्दको घोषणा गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप संघले देशभरिका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दको घोषणा गरेको हो ।
साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संघले दोषीलाई कारबाही गर्न माग गरेको थियो । आक्रमणबाट डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसपछि दोषीलाई कारबाहीको माग गर्दै चिकित्सकहरू आन्दलनमा उत्रिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)