एसओएस बालग्रामका कर्मचारी सवार जिप दुर्घटना हुँदा कोटेश्वर घर भएका चालकको मृत्यु, ५ घाइते
himalpress.com · Tue Jul 28 01:24:43 GMT 2026

काठमाडौँ- ललितपुरमामा एसओएस बालग्रामका कर्मचारी सवार जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना यात्रु घाइते भएका छन्। सोमबार साँझ महाँकाल गाउँपालिका ३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बीएए ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कार्पिओ चालक काठमाडौँको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको मृत्यु भएको हो। घाइते अधिकारीको उपचारको क्रममा ग्वार्कोस्ति बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)