पछिल्लो २४ घण्टामा उपत्यकामा ९ वटा दुर्घटना
nepalviews.com · Tue Jul 28 01:26:16 GMT 2026

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–९ मा स्कुटर अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा परी सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका २९ वर्षीय निमादोर्जी शेर्पाको ज्यान गएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
गएराति पौने १२ बजे भएको सो दुर्घटनामा घाइते भएका शेर्पाको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा राति पौने १ बजे मृत्यु भएको प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)