गुल्मीमा अरिङ्गाल पोल्ने क्रममा ३ जना घाइते
barnanmedia.com · Tue Jul 28 01:19:35 GMT 2026

रेसुङ्गा नगरपालिका-११ दाडाखर्कमा सालको रुखमा रहेको अरिङ्गाल पोल्ने क्रममा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार साउन सोमबार राति करिब १० बजे स्थानीय तलबेशी भन्ने स्थानमा अरिङ्गाल पोल्ने क्रममा ३३ वर्षका रामबहादुर छराली मगर, २४ वर्षका सन्दीप थापा र ३५ वर्षका ज्ञानबहादुर रानालाई अरिङ्गालले टोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)