ट्रम्प-नेतन्याहू बैठकले तय गर्नेछ मध्यपूर्वको आगामी भूराजनीतिक दिशा !
lokaantar.com

अमेरिका र इरानबीच जारी द्वन्द्व रोक्ने र कूटनीतिक वार्तामार्फत समस्या समाधान गर्ने प्रयास भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच आज ह्वाइट हाउसमा महत्त्वपूर्ण भेटवार्ता हुँदैछ। उच्चस्तरीय बैठकको मुख्य एजेण्डा इरानसँगको युद्ध र भविष्यको रणनीति रहने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रधानमन्त्री नेतन्याहू ह्वाइट हाउसको मुख्य गेटबाट निकै नजिकै रहेको ब्लेयर हाउसमा बास बस्ने कार्यक्रम छ। तर, गाजामा भएको घटनाक्रम र इरानविरुद्धको जारी युद्धमा नेतन्याहूको भूमिकालाई लिएर ह्वाइट हाउस बाहिर पहिले नै प्रदर्शनकारीहरू जम्मा भई तीब्र रोष प्रकट गर्न थालिसकेका छन् । हालका लागि यो दुई नेताबीचको बैठक सार्वजनिक रूपमा नहुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)