बहसमा सङ्घीयता पुनर्संरचना
gorkhapatraonline.com · Thu Jun 25 23:31:43 GMT 2026

नेपालमा सङ्घीयता कार्यान्वयनको एक दशक पुग्दै गर्दा पहिलो पटक सत्तासीन दलले औपचारिक रूपमा यसको पुनर्संरचना गर्नुपर्ने बहस सुरु गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भरतपुरमा जारी प्रथम महाधिवेशनले सङ्घीयता र प्रदेश संरचनालाई पुनर्संरचना गर्नुपर्ने नीति अघि सारेसँगै यसमाथि बहस सुरु हुँदै छ ।
रास्वपा उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महाधिवेशनमा प्रस्तुत गर्नुभएको ‘नयाँ अर्थराजनीतिक प्रस्तावना’ मा सङ्घीयता र प्रदेश संरचनामा पुनर्संरचना गर्ने पार्टीको दृष्टिकोण अघि सारिएको छ । केन्द्रीय सदस्य तथा सांसद प्रकाशचन्द्र परियार रास्वपाले अघि सारेको सङ्घीयता र प्रदेश संरचनामा पुनर्संरचनाको पाटो देशको आवश्यकता भएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)