घुस्याहा वडा सचिव रंगेहात पक्राउ
hamrakura.com · Tue Jul 28 00:00:00 GMT 2026
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडासचिव अजयकुमार साहलाई रु १० हजार घुससहित पक्राउ गरेको छ ।
आयोगका अनुसार सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिइ घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले साहलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)