अमेरिका–इरान द्वन्द्व: ट्रम्पद्वारा कूटनीतिक वार्ताको दाबी, इरानले गर्यो अस्वीकार
nepalviews.com · Tue Jul 28 02:47:05 GMT 2026

एजेन्सी । अमेरिका र इरानबिचको लडाइँ केही दिनयता रोकिएको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच निकै सौहार्दपूर्ण र राम्रो वार्ता भइरहेको दाबी गरेका छन्। लडाइँको अवधिमा तीन दिनसम्म कुनै पनि हमला नभएको पृष्ठभूमिमा राष्ट्रपति ट्रम्पले यस द्वन्द्वको अन्त्य हुनेमा आफू आशावादी रहेको बताएका छन्।
एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मलाई लाग्छ कुनै सकारात्मक परिणाम निस्कने राम्रो सम्भावना छ।’ यद्यपि, हाल भइरहेका वार्ता असफल भएमा वाशिंगटनले पुनः पहिलेकै अवस्थामा फर्किएर कारबाही अघि बढाउने चेतावनी पनि उनले दिएका छन्। तर, तेहरानले भने हाल दुई देशबीच कुनै पनि किसिमको प्रत्यक्ष वार्ता भइरहेको कुरालाई अस्वीकार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)