अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी
kendrabindu.com · Tue Jul 28 02:55:42 GMT 2026
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच निकै सौहार्द कुराकानी भइरहेको बताएका छन् । वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत पनि दिएका छन् ।
इरानलाई पैसा दिएर फकाउन नसकिने टिप्पणी उनको छ।”इरानलाई पैसा दिएर फकाउन सकिँदैन । उनीहरूलाई हराउनुपर्छ,” ट्रम्पको भनाइ छ । इरानले हाल नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दाबी छ । अमेरिकाले इरानको नौसेना, वायुसेना, सैन्य नेतृत्व तथा रक्षा प्रणालीलाई ठूलो क्षति पुर्याएको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)