बजेट कार्यान्वयन र अर्थतन्त्र चलायमान बनाउन सरकार-निजी क्षेत्र संवाद तीव्र, तीन दर्जन उद्योगपतिसँग अर्थमन्त्रीको छलफल
aarthiknews.com

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेट प्रभावकारी कार्यान्वयनका विषयमा आज उत्पादनमूलक क्षेत्रका करिब तीन दर्जन उद्योगपतिसँग विशेष छलफल गर्ने भएका छन्।
अर्थ मन्त्रालयमा आज अपराह्न ३ बजेदेखि हुने ‘बजेट कार्यान्वयन विशेष छलफल कार्यक्रम’ मा अर्थमन्त्री वाग्ले, अर्थसचिव डा. घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद दवाडीसहित मन्त्रालयका सम्बन्धित महाशाखा तथा विभागका उच्च अधिकारी सहभागी हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)